
The Tamang Society of America successfully organized the Sonam Lhochhar Puja and Cultural Program on Saturday, February 7, 2026, marking the auspicious occasion of Manjushree Sambat 2862 (Ta–Lho). The event was celebrated in a grand and dignified manner with strong participation from the community.
President Tul Bahadur Tamang states that the success of the program was made possible through the valuable support, presence, and contributions of respected lamas, distinguished guests, advisors, organizers, artists, sponsors, donors, and volunteers. He extends his sincere appreciation to all individuals and organizations who played a role in making the event a grand success, highlighting that such unity and cooperation continue to strengthen and uplift the Tamang community.
In his statement, President Tamang said:
“सम्पूर्णमा ल्हासो फ्याफुल्ला ![]()
![]()
![]()
मञ्जुश्री संवत् २८६२ (ता–ल्हो) को पावन अवसरमा Tamang Society of America को आयोजनामा ७ फेब्रुअरी २०२६, शनिबार सम्पन्न सोनाम ल्होछार पूजा तथा सांस्कृतिक कार्यक्रमलाई अत्यन्त भव्य र सभ्य रूपमा सफल बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
सोनाम ल्होछारका प्रमुख लामा गुरु डुङजिन रेम्पोछे धावा स्याङवो ज्यू तथा सम्पूर्ण लामा गुरुज्यूहरू, कार्यक्रमका प्रमुख अतिथि एवं विशेष अतिथिज्यूहरू, संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्ष तथा सल्लाहकारज्यूहरू, संयोजकज्यूहरू, विभिन्न संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू लगायत सम्पूर्ण अतिथिज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दछौं। यहाँहरूको समर्थन, उपस्थिति र प्रोत्साहनले हामीलाई थप ऊर्जा र उत्साह प्रदान गरेको छ।
कार्यक्रम सफल बनाउन अहोरात्र खटिनु हुने कार्यसमिति सदस्यज्यूहरूमा विशेष धन्यवाद व्यक्त गर्दछौं। कार्यक्रममा प्रमुख गायक संजोक योन्जन ज्यू, गायिका गोमा योन्जन ज्यू, गायिका शशिकला मोक्तान ज्यू, गायिका सुमित्रा लामा ज्यू तथा राष्ट्रिय गान प्रस्तुत गर्नु हुने अत्यन्त प्रतिभाशाली छोइङ लामा नानी लगायत सम्पूर्ण कलाकार भाइबहिनीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
यसैगरी कार्यक्रमलाई सहयोग तथा प्रायोजन गर्नु हुने बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ, लामा एकाउन्टिङ, नेपाली भान्सा घर, फोटो तथा भिडियो सहयोग गर्नु हुने मोक्तान डिजिटल तथा Tamang Society of America का सल्लाहकार शम्भु मोक्तान ज्यू, कलाकार भाइबहिनीहरूका लागि पोशाक सहयोग गर्नु हुने चाँदनी’स क्रिएसन एनवाईसी तथा Tamang Society of America का महासचिव चाँदनी लामा ज्यू, समाजसेवी श्याम लामा ज्यू, समाजसेवी आदिप बोम्जन ज्यू, समाजसेवी सोमनाथ घिमिरेज्यू, नया अटो सेल्स इन्क, काठमाडौं फ्युजन रेस्टुरेन्ट, नेपाली म:म क्याफे, प्राइम अमेरिका रियल स्टेट, नेपाल ज्वेलरी तथा ल्होछार पूजाका लागि डोनेशन प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरूमा विशेष धन्यवाद व्यक्त गर्दछौं।
सांस्कृतिक कार्यक्रमका लागि सहयोग गर्नु हुने नृत्य संयोजक गोबिन्द राई गुरु, सांस्कृतिक कार्यक्रम सञ्चालनकर्ता Tamang Society of America का सचिव सोनिया तामाङ ज्यू, महिला तथा बालबालिका संयोजक पेमा याङ्चेन ज्यू, म्हेन्दो माया परिवार, मामा–भान्जा समूह, साङ सेरगेम सम्पन्न गर्नु हुने पेमा योन्जन ज्यू, राम तामाङ ज्यू, लालमान तामाङ ज्यू, सहभागीहरूका लागि खाना तथा खाजा उपलब्ध गराउनु हुने लेक साइड रेस्टुरेन्ट, संगीतमा साथ दिनु हुने डिजे जाङवो ज्यू, प्रिन्टिङ सहयोगका लागि सिङ्मा प्रिन्टिङ तथा कार्यक्रम हल उपलब्ध गराउनु हुने तिब्बती कम्युनिटी सेन्टरप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
यहाँहरूको अमूल्य साथ, सहयोग र सद्भावले हामीलाई थप सकारात्मक ऊर्जा प्राप्त भएको अनुभूति भएको छ। भविष्यमा पनि निरन्तर साथ र सहकार्यको अपेक्षा गर्दछौं। हाम्रो साझा प्रतिबद्धताले तामाङ समुदायलाई अझ एकीकृत, जीवन्त र प्रगतिशील बनाउनेछ भन्ने विश्वास लिएका छौं।
अन्तमा, हाम्रा सम्पूर्ण सदस्य तथा सहयोगी दाताहरूको उदार योगदानप्रति खुला हृदयले प्रशंसा गर्दै पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछु।
थुजेछे!![]()
तुल बहादुर तामाङ
अध्यक्ष
Lastly, we extend our sincere thanks to the entire community and all supporters for making this event a great success.

